चिनियाँ राजदूतले भेटिन् राष्ट्रपति–प्रधानमन्त्रीलाई, गोप्य राखियो भेटघाट

देशमा राजनीतिक संकट गहिरिँदै जाँदा चिनियाँ राजदूत होउ यान्छीले फेरि आफ्नो सक्रियता बढाएकी छिन् । 

यसअघि पनि नेकपामा विवाद देखिँदा होउले बारम्बार नेकपाका नेताहरुलाई भेट्ने गर्थिन् । यसपटक उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् । 

उच्च स्रोतका अनुसार यान्छीले शुक्रबार साँझ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटेकी हुन् । 

यो भेटमा पछिल्लो समयको राजनीतिक अवस्थाबारे नै कुराकानी भएको बताइएको छ । तर, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय तथा राजदूतावासले यो भेटलाई गोप्य राखेका छन् । 





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार २३:२१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया