आगामी दिनमा पुनः भूकम्प आए पनि सम्पदा जोगाउन सकिन्छ : ज्ञवाली

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दिनमा भूकम्पको क्षतिबाट सम्पदालाई बचाउन सकिने आधार खडा भएको बताएका छन् । 

सोमबार ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आयोजना गरेको भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा सदाचार कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले गर्ने कामले थुप्रै सम्पदाको संरक्षण गर्ने प्रविधिलाई पुनर्विकास गरेको बताए । 

नयाँ प्रविधि देशभित्र आएको र त्यसलाई सरकारले स्वीकार गरेर अघि बढ्ने अवस्थासमेत बनेको उल्लेख गर्दै उनले त्यसैको जगमा उभिएर आगामी दिनमा पुनः भूकम्प आए पनि सम्पदा जोगाउन सकिने बताए । पुरानै निर्माण सामग्री र प्रविधि प्रयोग गरेर जान सकिने आधार खडा गरिएको पनि बताए । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त सम्पदा, विद्यालय तथा भवन पुनर्निर्माण गरेको जानकारी दिए । उनले सम्पदाहरुलाई पुरानै ऐतिहासिकता जोगाउने गरी पुनर्निर्माण भएको पनि बताए । 





  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १९:५६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया