डेनमार्क र आयरल्यान्डले गरे नेपाललाई स्वास्थ्य सामग्री सहयोग

कोरोना संक्रमणविरुद्ध लड्नका लागि डेनमार्क र आयरल्यान्डले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

नेपालका लागि युरोपेली युनियनकी राजदूत नोना डिप्रेजले आज (शुक्रबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

स्वास्थ्य सामग्रीमा ७२ थान अक्सिजन कन्सन्ट्रेटर, १२ थान एयर फ्लो मेसिन, ४४ थान भेन्टिलेटर, ४०० थान पल्स अक्सिमिटर, ५० थान रेस्पिरेटरी मोनिटर, ५० थान डेफिब्रिलेटर, १०० थान थर्मोमिटर, ७२८ थान अक्सिजन रेगुलेटर, ३९८ थान एयर रेगुलेटर, ९९७५० थान पिपिइ, २ लाख १६०० थान फेस सिल्ड र १० लाख ८ हजार थान सर्जिकल मास्क रहेको छ । 

हस्तान्तरण कार्यक्रमा डेनमार्क र आयरल्यान्डका प्रतिनिधि पनि उपस्थित भएका थिए ।
 





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १२:४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया