फेवातालमा सोमबारबाट डुंगा सञ्चालन

पोखरामा रहेको फेवातालमा सोमबारबाट डुंगा सञ्चालनमा आएको छ । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको डुंगा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएको हो । 

डुंगा सञ्चालन गर्दा भीडभाड हुन नदिन २० फुटे डुंगामा चार र १८ फुटेमा तीनजना राखेर सञ्चालन गरिएको छ । यसअघि एउटै डुंगामा आठ–नौ जनासम्म राख्ने गरिएको थियो । 

तालमा डुङ्गा सञ्चालन भए पनि प्रसिद्ध तालबाराही मन्दिर भने खुलेको छैन । मन्दिरमा दैनिक साँझमा गरिने आरतीसमेत अहिले बन्द छ । 

फेवातालमा ७६४ डुंगा रहेकामा बाराहीघाटमा मात्र ३०० छन् । निषेधाज्ञा जारी रहेको र पर्यटन व्यवसाय अहिले पनि ठप्प रहेकाले पर्यटक आवागमन नभएकाले क्यु प्रणालीमा थोरै मात्रामा डुंगा सञ्चालनमा ल्याइएको छ । 





  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार २०:४६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया