अब राजतन्त्र फर्किँदैनः माधवकुमार नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब राजतन्त्र फर्किएर फेरि नआउने बताएका छन् । 

शनिबार काठमाडौंमा आफू पक्षीय अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । उनले नेपालमा अब राजतन्त्र फर्किएर आउने कुनै सम्भावना नभएको बताउँदै नेपाली जनताले रगत र पसिना बगाएर ल्याएको संविधानलाई कुल्चिन नहुने पनि बताएका छन् । 

उनले यस्तो काम गर्न खोज्नेहरुलाई आफूहरुले रोक्ने भन्दै संविधानको रक्षा आफूहरुको पहिलो कर्तव्य भएको पनि बताएका छन् ।

यस्तो काम गर्नेहरुलाई इतिहासले नै किनारा लगाउने पनि उनले बताएका छन् ।






  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १६:२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया