सोएब र ब्रेथवेटले इपिएल खेल्ने

पाकिस्तानका अनुभवी ब्याट्म्यान तथा पूर्वकप्तान सोएब मलिक र वेस्ट इन्डिजका अलराउन्डर कार्लोस ब्रेथबेटले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । 

आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै मलिक र ब्रेथवेटले इपिएल खेल्ने पक्का भए पनि कुन क्लबाट खेल्ने टुंगो लागिनसकेको जानकारी गराएको हो । 

मलिकले पाकिस्तानका लागि तीनै प्रारूपमा गरी ४३८ खेल खेल्दा १२ शतक र ६० अर्धशतकसहित कुल ११ हजार ७६८ रन प्रहार गरेका छन् ।

पार्ट टाइमर स्पिनरसमेत रहेका मलिकले तीनै प्रारूपमा कुल २१८ विकेट लिएका छन् । 

वेस्ट इन्डिजलाई सन् २०१६ को टि–२० विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ब्रेथवेटले देशका लागि तीनै प्रारूपमा गरी ८८ खेल खेल्दा १ शतक र ४ अर्धशतकसहित कुल १ हजार ५० रन प्रहार गरेका छन् । 

बे्रथवेटले तीनै प्रारूपमा गरी कुल ७५ विकेट हात पारेका छन् । 



आगामी असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।  
 



  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार १६:४८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया