बालुवाटारमा देउवा–प्रचण्ड–नेपाल छलफलमा

प्रधानमन्त्री शेरबहादुर देउवासँगै बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष तथा संयोजक माधवकुमार नेपाल छलफलमा जुटेका छन् ।

बालुवाटार स्रोतका अनुसार यी तीन नेताले पछिल्लो राजनीतिक विषयमा छलफल गर्न बालुवाटारमा बैठक गरेका हुन् ।

बुधबार मात्र नेकपा एमालेबाट छुट्एिर नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपालले देउवा र प्रचण्डसँग सरकारमा सहभागिता तथा राजनीतिक दल विभाजन सहज हुनेगरि ल्याइएको अध्यादेशबारे छलफल गर्न आज यी तीन नेता बालुवाटारमा जुटेका हुन् ।

देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको आधारमा रहेर २० प्रतिशतभन्दा धेरै केन्द्रीय कमिटी सदस्य लिएर नयाँ दल गठन गरेका नेपालले सरकारमा सहभागिताबारे पनि आजको बैठकमा छलफल गर्दैछन् ।

सत्तारुढ गठबन्धनका यी तीन नेताले आजै सरकार विस्तारबारे निर्णय गर्न सक्ने बताइएको छ ।






  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार १०:४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया