नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण खेलमा नेपालले पहिलो हाफमा एक गोल गर्दै अग्रता लिएको छ । नेपालका लागि खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गरेका हुन् ।
यसको ठ्याक्कै तीन मिनेटअगाडि पनि नेपालले गोल गर्ने मौका पाएको थियो । फ्रिकिक पाएको नेपालले यसलाई गोलमा परिणत गर्न चाहिँ सकेको थिएन ।
काठमाडौंको दशरथ रंगशालामा नेपाल र भारतबीच भएको आजको मैत्रीपूर्ण खेल यी दुई देशबीचको २० औं जम्काभेट हो ।
नेपालसँग मैत्रीपूर्ण खेलका लागि भारतीय टोली सोमबार काठमाडौं आइपुगेको थियो ।
आज र आइतबार नेपालले भारतसँग दुई खेल खेल्ने भएको छ । नेपालले यो सिरिजमा जित हासिल गरे फिफा बरियतामा केही स्थान उक्लिने निश्चित छ । अहिले नेपालको स्थान १६८ औं नम्बरमा रहेको छ ।
यसअघिका १९ खेलमा नेपालले भारतविरुद्ध दुई खेलमा मात्र जित दर्ज गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।