२८ वर्षे प्रतिक्षाको मीठो फल !

परिश्रमको फल सधै मीठो हुन्छ । जुन कुरा नेपाली फुटबल टोलीका लागि पनि देखियो । ८८ औं मिनेटको त्यो गोल जसले नेपाली फुटबललाई स्वर्णिम आनन्दको अनुभूती गरायो । अनि नेपाली फुटबलका लागि २७ असोज बन्यो एउटा अविस्मरणीय दिन । २८ वर्षे साफ च्याम्पियनसिपको इतिहासमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिप फाइनलको यात्रा तय गर्‍यो । 

सन् १९९३ बाट साफ च्याम्पियनसिपमा भाग लिएको नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको थिएन । साफको हरेक संस्करणमा भाग लियो तर कहिल्यै सेमिफाइनल भन्दा माथि पुग्न सकेको थिएन । नेपालले यस बर्षको साफ च्याम्पियनसिपमा देखाएको प्रस्तुती प्रशंसनीय मात्र नभई उदाहरणीय नै बन्यो । 

नेपाललाई हरेक पटक हराउँदै आएका टोलीविरुद्ध पनि उत्कृष्ट जित निकालेपछि नेपालले फाइनल यात्रा तय गर्न सक्यो । लगातार २ खेल जितेर साफमा उत्कृष्ट सुरुवात गरेको नेपाल ६ अंकसहित अंक तालिकाको शिर्ष स्थानमा रहेको थियो । शिर्ष स्थानमा रहेको नेपालले भारत र बंगलादेशविरुद्ध खेल्नुपर्ने थियो ।

भारतसँग १–० को हार बेहोरेको नेपालले फेरि अर्को खेल बंगलादेशसँग खेल्नु पर्‍यो । खेलको नवौं मिनेटमा बंगलादेशले पाएको फ्रि किकलाई सुमोन रेजा ले हेडर मार्फत गरेको गोलले बंगलादेशलाई अग्रता दिलायो ।  

नेपालले पटक पटक कोशिस ग¥यो । खेलको हरेक मिनेटमा गरेको कोशिसलाई बंगलादेशी डिफेन्डरहरूले नाकाम पारिदिए । बंगलादेशी डिफेन्डरका साथसाथै गोलरक्षक अनिसुर रहमानको खेल पनि उत्कृष्ट रह्यो । उनले रातो कार्ड खाएर मैदानबाट बाहिरी पश्चात भने नेपालका लागि सहज बन्यो । जसले गर्दा २८ वर्षे इतिहासमा नेपाल फाइनलमा पुग्न सफल भयो ।  

यो वर्षको साफ, नेपालका लागि खास :
नेपालले बुधबार भएको खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै फाइनलको यात्रा तय ग¥यो । पहिलो पटक फाइनल पुगेको खुसी नेपाली प्रशिक्षक र खेलाडीको आखाँमा आएको हर्षाश्रुले स्पष्ट देखाउँथ्यो । 



फाइनलको लागि अन्तिम समय मैदानमा लड्दै गर्दा ८८ औं मिनेटमा गरेको अञ्जन विष्टको गोल नेपालका लागि फाइनलमा पु¥यायो । त्यो सुवर्ण चाबी जसले साँच्चै नै नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको ढोका खोल्यो । त्यस गोल पश्चात प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आँखा भरी आशु आयो । उनी खुसीले रोए । उनी मात्र होइन्, नेपाली फुटबल टोलीका हरेक खेलाडीको आँखामा आँशु आयो । 

एउटा सपना साकार भएको खुसी, नेपाली फुटबलको इतिहासमा एउटा अविस्मरणीय क्षण । अक्टोबर १ तारिखमा भएको उद्घाटन खेलमा आयोजक माल्दिभ्ससँग खेलेको थियो । माल्दिभ्ससँग १–० को अग्रता लिँदै ३ अंक हात पारेको थियो । नेपालले दोश्रो खेलमा श्रीलंकासँग ३–२ को जित निकाल्यो । जसबाट नेपालले ६ अंकसहित अंक तालिकाको शिर्ष स्थानमा रहँदै फाइनलको सम्भावना बलियो बनाएको थियो । 



५ टोली समावेश यो संस्करणमा अहिलेसम्म नेपालले २ मा जित १ मा हार र १ बराबरी खेलेको छ ।  नयाँ प्रशिक्षक र युवा पुस्ताको उत्कृष्ट प्रदर्शन नै नेपालको सफलताको मन्त्र रह्यो ।  

खेल समय अवधिभर कमेन्टेरले नेपाली रक्षात्मक टोलीको प्रशंशा गरे । फरवार्डमा रहेका अञ्जन विष्ट, मनिष डाँगीको गति पनि नेपालका लागि भाग्यमानी सावित रह्यो । अनुभवी गोल रक्षक किरण चेम्जोङको क्षमता र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको भिन्न प्रशिक्षण शैली नेपालको मार्गदर्शन बन्यो । खेलाडीलाई कुन तरिकाले कुन परिस्थिति र स्थानमा मैदान उत्राने उनले राम्ररी जानेका छन् । उनी आफूले राष्ट्रिय टोलीबाट खेल्न नपाए पनि पहिलो पटक कुनै राष्ट्रिय टोलीको प्रशिक्षण गरेका थिए ।

खेलाडीको रूपमा प्रदर्शन देखाउन नपाएका अल्मुताइरीले प्रशिक्षकको रूपमा भने आफूलाई अब्बल सावित गरे । नेपालले हालसम्म १९९३, १९९५, १९९९, २०१३ र २०१८ को साफमा सेमिफाइनल खेल खेलेको थियो ।  

प्रशिक्षक अल्मुताइरीको राजीनामापछि नेपाली फुटबलको भविष्य के होला !

नेपालका लागि फाइनल एकातिर खुसीको क्षण भयो भने अर्कोतिर झट्का महसुस भयो । गत चैतमा नेपालका लागि प्रमुख प्रशिक्षक बनेर आएका अल्मुताइरीले अब नेपाल नफर्किने घोषणा गरे । 

जसले नेपाली फुटबललाई अलग तरिकाको फुटबल खेल्न सिकाएका प्रशिक्षकले पद त्याग्ने घोषणा मात्र गरेनन् उनले कहिल्यै नेपाल नफर्किने समेत बताए । नेपाल फाइनलमा पुगेपछि पत्रकार सम्मेलनमा उनले भने,‘नेपालका लागि आज म निकै खुसी छु । नेपाल हरेक दक्षिण एसियाका हरेक देशका लागि नेपाल एउटा गर्व गर्न लायक देश बनेको छ । मैले भनेको कुराहरु पूरा गरेको छु । फाइनलमा माल्दिभ्स र भारत दुबै राम्रा टोली जो आए पनि हामी खेल्नेछौंं ।’ 

अब नेपालले असोज ३० गते माल्दिभ्स वा भारत एक टोलीसँग फाइनल खेल खेल्नेछ । 

सम्बन्धित समाचार ः

अल्मुताइरीले भने,- म नोकर होइन

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

नेपाललाई ऐतिहासिक सफलता दिलाएका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामाको घोषणा

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

अलमुताइरीको प्रशिक्षणमा कोल्टे फेरेको नेपाली फुटबल, आक्रामक रणनीति बुन्दै

  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार २२:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया