छोरा आर्यनलाई भेट्न आर्थर रोड जेल पुगे साहरुख खान

लागूऔषध कारोबार तथा सेवन गरिरहेको आरोपमा पक्राउ परेका छोरा आर्यनलाई भेट्न बलिउड अभिनेता साहरुख खान आर्थर रोड जेल पुगेका छन् । 

आर्यनको गिरफ्तारीपछि साहरुख र उनको यो पहिलो भेट हो ।

क्रुज ड्रग्स पार्टी गरिरहेको आरोपमा पक्राउ परेका आर्यन खानले जमानतमा छुट्न पाउनु पर्ने गरि दिएको याचिका अदालतले बुधबार पनि खारेज गरिदिएको थियो ।

अब आर्यनका वकिल उनलाई जमानतमा छुटाउन उच्च अदालतमा पुगेका छन् ।

तर, बम्बई उच्च अदालतबाट पनि आर्यनले जमानत पाउन सहज हुने छैन । किनकि अदालतमा १ नोभेम्बरदेखि तिहारको छुट्टी हुने भएकाले अब सात दिन मात्र बाँकी हुने छ । त्यसैले आर्यनलाई अब पनि जमानत पाउन मुश्किल हुने अनुमान गरिएको छ ।






  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार ९:५९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया