जेलमा १८ मिनेट छोरासँग कुराकानी गरे साहरुखले

ड्रग्स केसमा पक्राउ परेर जेलमा रहेका छोरा आर्यन खानलाई बलिउड अभिनेता साहरुख खानले पहिलो पटक भेटेका छन् । उनी आज विहान आर्थर रोड जेल पुगेर छोरालाई भेटेर फर्किएको भारतीय मिडियाले लेखेका छन् ।

यसअघि बुधबार मात्र त्यहाँको एक अदालतले जमानतमा रिहा हुनका लागि आर्यनले गरेको अपिललाई खारेज गरिदिएको थियो ।

मुम्बईको आर्थर रोड पुगेका साहरुखले त्यहाँ १८ मिनेट छोरासँग कुराकानी गरेको भारतीय मिडियाले लेखेका छन् । 

३ अक्टोबरमा क्रुजमा ड्रग्स पार्टी गरिरहेको अवस्थामा पक्राउ परेका आर्यनसँग त्यसपछि साहरुख खानको यो पहिलो भेट हो । 

अब आर्यनका वकिलले उनलाई जमानतमा रिहा गर्न आज मुम्बईको उच्च अदालतमा निवेदन दिएका छन् । तर, उनलाई उच्च अदालतले पनि जमानतमा रिहा गर्ने सम्भावना कम रहेको भारतीय मिडियाले अनुमान गरेका छन् ।

आर्यन खान पक्राउ परेपछि उनीसँग परिवारका सदस्य भेट्न पुगेको यो पहिलो पटक हो ।






  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १०:२५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया