अन्तर्राष्ट्रिय बक्सिङ महासंघका अध्यक्ष उमर नेपालमा

अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) का अध्यक्ष उमर  क्रेम्लेभ नेपाल आइपुगेका छन् ।

नेपाल बक्सिङ संघको विशेष निमन्त्रणामा अध्यक्ष उमरको नेतृत्वमा ८ सदस्यीय टोली दुई दिने नेपाल भ्रमणका लागि बुधबार बिहान आइपुगेको हो ।

अध्यक्ष उमरको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन केसी लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।

रुसी नागरिक उमरले नेपाल भ्रमणका समयमा विभिन्न निकायसँग भेटधाट तथा सातदोबाटोमा जारी प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता हेर्ने कार्यक्रम छ ।  





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार ११:१६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया