कांग्रेस कपिलवस्तु सभापतिमा पौडेल पक्षका उम्मेदवार विजयी

नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन् । आज बिहान सार्वजनिक मतपरिणामअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट कलाम १०९ मतान्तरले विजयी भएका हुन् ।

उनले ७६५ मत पाउँदा प्रतिस्पर्धी राजेश आचार्यले ८१९ मत पाए । उनी सभापति शेरबहादुर देउवा पक्षीय नेता हुन् । 

उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल विजयी भएका छन् भने सचिवमा खोमबहादुर सिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी निर्वाचित भए । सहसचिवमा वीरेन्द्रकुमार शुक्ला र वजिह असरद विजयी भएका छन् ।

देउवा पक्षबाट ६ जना जिल्ला सदस्य मात्र विजयी भएका छन् । 





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार ९:३२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया