सर्वाधिक मतका साथ राप्रपा उपाध्यक्षमा विक्रम पाण्डे विजयी
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) को उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत प्राप्त गर्दै विजयी भएका छन् । आज बिहान सम्पन्न मतपरिणामअनुसार उनी २५२१ मत प्राप्त गर्दै राप्रपाको उपाध्यक्ष पदमा विजयी भएका हुन् । 

उनका निकटतम् प्रतिद्वन्द्धी दिलविकास राजभण्डारीले ११९४ मत पाए । त्यस्तै, उपाध्यक्षमा बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान पनि विजयी भएका छन् । 

तामाङ १९४४ र प्रधान १८१४ मतका साथ विजयी भएका हुन् । उनीहरूका प्रतिस्पर्धी रामचन्द्रराय यादवले ९६७ र जगतप्रसाद गौचनले ८९० मत प्राप्त गरे । 

त्यस्तै, महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएकी छन् । उनी १५८९ मतका साथ महिला उपाध्यक्ष पदमा जित हात पारेकी हुन् । कार्कीका प्रतिस्पर्धी लिलादेवी श्रेष्ठ (१०५४) र दुर्गा श्रेष्ठले ८०५ मत ल्याए । 

त्यस्तै, महामन्त्रीमा धवलशम्शेर राणा निर्वाचित भएका छन् । अध्यक्षमा विजयी भएका राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदको उम्मेदवार बनेका राणा २२२१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भास्कर भद्राले १५६७ म प्राप्त गरे । 

त्यस्तै, अर्को महामन्त्रीमा भवनकुमार पाठक विजयी भएका छन् । उनी श्यामप्रसाद तिमिल्सिना (१०६१) लाई हराउँदै १७०५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।



महिलातर्फको महामन्त्रीमा कुन्ती शाही विजयी भएकी छन् । कमल थापाको प्यानलबाट चुनाव लडेकी उनी रेखा थापालाई हराउँदै महामन्त्रीमा विजयी भएकी हुन् । कुन्तीले २००८ मत प्राप्त गरिन् ।  




  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ८:१९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया