निर्मला प्रकरणमा काठमाडौंबाट कोही पक्राउ परेका छैनन्ः प्रहरी प्रवक्ता

काठमाडौं– बुधबार साँझ काठमाडौंका सन्चारमाध्यममा एकाएक समाचार आयो– निर्मला प्रकरणमा एक अभियुक्त काठमाडौंबाट पक्राउ परे । 

तर, प्रहरी स्वयंले भने यो समाचारको खण्डन गरेको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले फरक धारसँगको कुराकानीमा भने– प्रहरी अनुसन्धान गरिरहेको विषय साँचो हो तर त्यही प्रकरण भनेर कोही पनि पक्राउ परेको छैन । 

उनले थपे, ‘प्रहरीको विशेषज्ञ टोली अनुसन्धानमा खटिरहेको छ, तर काठमाडौंबाट त्यही मुद्दामा युवक पक्राउ परे भन्ने कुरा चाहिँ सत्य होइन ।’ उनले कोही पक्राउ पर्दैमा निर्मला हत्याकाण्डसँग जोड्न नमिल्ने पनि बताए । 

‘अन्य अपराधका घटनामा मानिसहरु पक्राउ परिरहेका हुन्छन्,’ उनले दोहोर्याएर भने, ‘जो पक्राउ परे पनि निर्मला हत्याकाण्डसँग जोड्न मिल्दैन । प्रहरी अनुसन्धान गरिरहेको छ, यसबीच उसले सोधपुछ गर्ने र कसैलाई नियन्त्रणमा लिने सामान्य कुरा हो, नियन्त्रणमा लिने वित्तिकै अभियुक्त पनि भन्न मिल्दैन । अहिले निर्मला केसमा कोही अभियुक्त पक्राउ परेका होइनन् ।’

तर, यसको अर्थ प्रहरीले अनुसन्धान नै गरेको छैन भन्ने पनि उनले जोड दिएर भने । ‘मिडिया पनि कन्फ्युज हुनु भएन,’ उनले फरक धारसँगको कुराकानीमा पटक पटक दोहोर्याए ।

 



‘हामी अपराधीको नजिक छौँ’

निर्मला हत्याकाण्डबारे प्रहरी अनुसन्धान गरिरहेको र अपराधीको अत्यन्त नजिक पुगेको उनले बताए । उनले भने, ‘योबीच केही प्रहरी अधिकारीका कारण हाम्रो संगठन नै बदनाम भएको छ । हामी प्रहरीको साख जोगाउन मात्र होइन, गुमेको विश्वास पनि फर्काउने अभियानमा छौँ ।’



उनले प्रहरीको अनुसन्धानको विकासलाई छिट्टै सार्वजनिक गर्ने पनि बताए । 


  • प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार १९:१०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया