म्यानेस्टर सिटी घरेलु मैदानमै पराजित, टोटेनहमको जितमा ह्यारी केन नायक

इंग्लिस प्रिमियर लिगमा लिगअन्तर्गत लिडर म्यानचेस्टर सिटीविरुद्ध टोटेनहम ३–२ गोल अन्तरले विजयी भएको छ । गएराति इतिहाद स्टेडियममा पाहुना टाेली टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई तथा डिजान कुलुसेभस्कीले एक गोल गरे ।

सिटीका लागि इल्के गुन्डोगन र रियाद महारेजले एक/एक गोल फर्काए । खेलको चौथो मिनेटमै कुलुसेभस्कीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । ३३ औं मिनेटमा गुन्डोगनले सिटीलाई १–१ को बराबरीमा ल्याए ।

५९ औं  मिनेटमा केनले गोल गर्दा  टोटेनहम २–१ ले अघि बढ्यो । थप गरिएको समयमा महारेजले पेनाल्टमार्फत गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए थप गरिएको समयमै केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

हारका बाबजुद २६ खेलमा ६३ अंक जोडेको सिटी शीर्ष  स्थानमा कायम रहँदा जित निकालेको टोटेनहम २३ मा ३९ अंकका साथ सातौं स्थानमा उक्लिएको छ ।

लिगअन्तर्गत नै भएका अन्य खेलमा आर्सनलले ब्रेन्टफोर्डमाथि २–१, वार्टफोर्डले  एस्टन भिल्ला तथा चेल्सीले क्रिस्टल प्यालेसमाथि समान १–० को जित हात पार्दा पारे ।

बर्नेलीले  ब्राइटनलाई ३–०,लिभरपुलले नर्विच सिटीलाई ३–१ र साउथह्यामटनले एभर्टनलाई २–० ले हराउँदा वेस्टह्याम युनाइटेड  र न्युक्यासल युनाइटेडले १–१ को बराबरी खेले । 






  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार ७:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया