नान्टेससँग पिएसजी पराजित, पेनाल्टीमा चुके नेयमार

फ्रेन्च लिग वानअन्तर्गत आज बिहान सम्पन्न खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी)घरेलु टोली नान्टेससँग ३–१ ले पराजित भएको छ ।​ स्टेड डि ला ब्युजोइरमा नान्टेसलाई जित दिलाउन रान्डल कोलो मुएनी, क्विन्टिन मर्लिन र लुडोभिक ब्लासले एक/एक गोल गोल गरे ।

पिएसजीका नेयमारले मात्र एक गोल फर्काउन सके । खेलको चौथो मिनेटमै मुएनीको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो । १६ औं मिनेटमा मर्लिनले नान्टेसको अग्रता दोब्बर बनायो ।

पहिलो हाफको थप गरिएको समयमा ब्लासले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई ३–० ले अघि बढाए । ४७ औं  मिनेटमा नेयमारले खेललाई ३–१ को अवस्थामा ल्याए । ५९ औं मिनेटमा नेयमारले पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा पिएसजीले गोल अन्तर कम गर्ने अवसर गुमायो ।

हारका बाबजुद पनि पिएसजी २५ खेलमा ५९ अंक जोडेर शीर्ष स्थानमा कायम रहेकाे छ । जित हात पारेको नान्टेस समान खेलबाट ३८ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत नै भएका अन्य खेलमा लिली मिट्जसँग गोलरहित तथा लियोन  लेन्ससँग १–१ को बराबरीमा रोकिए ।






  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार ८:५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया