‘पललाई मैले फसाउन खोजेको छैन, आखिर सत्यकै जित हुनेछ’

अभिनेता पल शाह र एक किशोरीबीचको प्रेम चर्चाले अहिले कला क्षेत्रमा तरंग ल्याएको छ । विशेष गरी बिहीबार पलले आफूलाई फसाउन खोजेको भन्दै अडियो सार्वजनिक गरेपछि यो विषयले झन् ठूलो तरंग ल्याएको हो ।

उनले आफूलाई फसाउन सहकर्मीहरू दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले मुख्य भूमिका खेलेको आरोप लगाएका छन् । तर, पीडित किशोरीले भने पललाई फसाउन नभइ आफूले न्याय कसरी पाउन सकिन्छ भनेर उनीहरूसँग सल्लाह मात्र मागेको बताएकी छन् । उनले पीडा सहन नसकेर आफ्नो कुरा उनीहरूलाई व्यक्त गरेको बताइन् ।

यदि अनुसन्धानमा आफूले पललाई फसाउन खोजेको प्रमाणित भए सजाय भोग्न तयार रहेको पनि ती किशोरीले बताएकी छन् । यो घटनामा पल दोषी देखिए उनले पनि कानुनबमोजिम सजाय भोग्न तयार हुनुपर्ने उनको भनाइ छ । 

‘सत्यको अवश्य जित हुन्छ, मैले उहाँलाई फसाउन खोजेको रैछु भने चाहिँ म सजाय भोग्न तयार छु । अन्याय गर्नुभएको रैछ भने उहाँले सजाय भोग्न तयार हुनुपर्छ । आखिर सत्यकै जित हुन्छ,’ पीडित किशोरीले एक टेलिभिजन कार्यक्रममा भनेकी छन् । 

आफूलाई जबरजस्तीकरणी गरेको आरोपमा ती किशोरीले बुधबार तनहुँ प्रहरीमा उजुरी दर्ता गरेकी थिइन् । मुलुकी अपराध संहिता २०७४ अनुसार मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । १६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कैद सजायको व्यवस्था छ । 

पीडित किशोरीको उमेर १७ वर्ष रहेको छ । पीडितले प्रहरीकहाँ उजुरी दर्ता गरेपछि पल अहिले फरार छन् । उनलाई पक्राउ गर्न प्रहरीले विभिन्न टोली बनाएर खोजी तीव्र पारेको छ । 






  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १०:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया