आफ्नै तागतमा निर्वाचन जित्ने गरी तयारी गर्नुपर्छ : प्रचण्ड
‘गठबन्धनमा कुनै अप्ठेरो, तितो छैन’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनभित्र कुनै खटपट नभएको बताएका छन । देश दौडाहा अभियानमा रहेका प्रचण्ड आज धनगढी पुगेका छन् ।

त्यहाँस्थित विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘तालमेलको सम्भावना भयो भने गठबन्धनका पार्टीहरूसँगको तालमेललाई प्राथमिकता दिएर अघि बढ्ने भन्ने हाम्रो नीति छ । पहिलो जोड आफ्नै तागतमा निर्वाचन जित्ने गरी तयारी गरेर अघि बढ्नुपर्छ ।’

गठबन्धनमा कुनै तितो नभएको भन्दै प्रचण्डले भने, ‘गठबन्धनमा राम्रो चलिरहेको छ । बैठकहरू भइरहेका छन् । कतिपय पार्टीभित्र मानिसहरूले टिप्पणी गरे पनि मूल नेतृत्व पंक्ति गठबन्धन लिएर हिँड्ने कुरामा द्विविधामा छैन । तपाईंले प्रधानमन्त्रीज्यूको वक्तव्य पनि हेर्नुभयो, गठबन्धनलाई असर पार्ने कुरा नबोल भनेर निर्देशन जारी गर्नुभएको छ । त्यसकारण अहिले गठबन्धनमा कुनै अप्ठेरो/तितो छैन ।’ 






  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार ८:५५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया