सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी हुने छलफल चलेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने विषयमा छलफल भइरहेको बताएका छन् । 

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि आज बिहान धनगढी पुगेका उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश सरकारमा कांग्रेससमेत सहभागी हुने विषयमा गठबन्धनका दलहरूबीच कुराकानी भइरहेको बताएका हुन् ।

‘गठबन्धनमा यो विषयमा छलफल भएको छ, कांग्रेसको सहभागिता प्रदेश सरकारमा छैन, यो विषयमा बैठकमा कुरा भयो । तर, सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकोले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्यो भनेर अनुरोध गरिएको छ,’ प्रचण्डले भने ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा यो विषयमा छलफल गर्ने बताएको समेत उनले बताए ।

प्रदेश सरकारको नेतृत्व फेर्ने विषयमा समेत गठबन्धनमा छलफल भएको प्रचण्डले बताए । ‘माधवजीहरूले ठूलो दलको हैसियतमा प्रदेशको नेतृत्व उनीहरूलाई दिनुपर्ने कुरा गरेका छन्,’ प्रचण्डले भने, ‘तर त्यो हो भने हामी सबैभन्दा बढी भएको बागमती हामीलाई दिनुहोस् न भनेर कुरा गरेपछि अहिले नेतृत्व नफेर्ने कुरा भएको छ ।’

उनले गठबन्धनले सल्लाह गरेर कांग्रेसलाई भने सरकारमा सहभागी गराउने वातावरण बनाइने बताए । 






  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार ९:२१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया