कांग्रेसलाई ओलीको प्रश्न– आरोप लगाएको पनि राजनीतिक दस्तावेज हुन्छ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गाली गलौजको पुलिन्दा मात्र भएको बताएका छन् ।  

आज २३ औं मनमोहन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कांग्रेस घोषणापत्रलाई ‘पागलहरूको प्रलाप’ भनेर पनि टिप्पणी गरेका छन् ।

‘त्यो कुनै राजनीतिक दस्तावेज नै होइन, पागलहरूको प्रलाप हो । घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौं ठाउँमा नाम किटेर धारे हात लाइएको छ । बाटो किन चौडा बनाएको? रेल किन ल्याएको? पाइपलाइन किन चाहियो? यस्तै-यस्तै आरोप लगाएको पनि कुनै राजनीतिक दस्तावेज हुन्छ?,’ ओलीले प्रश्न गरे ।
 
उनले कांग्रेसको राजनीति भनेकै एमालेले गरेको विकासका कामको विरोध गर्ने मात्र रहेको पनि बताए । 





  • प्रकाशित मिति : वैशाख १३, २०७९ मंगलबार ११:१५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया