वाइडबडी प्रकरण
उपसमितिको सिफारिसअनुरुप शीघ्र कारबाही गर – नयाँ शक्ति

काठमाडौं– नयाँ शक्ति पार्टी नेपालले वाइडबडी विमान खरिदमा संसदीय छानबिन उपसमितिले गरेको कारबाहीको सिफारिसको स्वागत गर्दै सिफारिसबमोजिम मन्त्री, पूर्वमन्त्री तथा पदाथिकारीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही सिफारिस भएका मन्त्री, सचिव र महाप्रबन्धकलाई आफ्नो पदबाट राजीनामा दिन आग्रह गरेको छ । अझै पनि विभिन्न बाहनामा उनीहरुलाई राजनीतिक ढाकछोप गर्न लागिएको भन्दै पार्टीले अझै गहिरो छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको हो ।

आफ्नो पार्टीले पहिलेदेखि नै अनियमितताको विस्त्रित छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने पक्षमा आवाज उठाउँदै आएको स्मरण गराउँदै नयाँ शक्तिले कुनै पनि बहानामा छानबिन उपसमितिको सिफारिस र ठहरलाई उल्टाउने दुस्प्रयास नगरी अझै गहिरो छानबिन गर्न र सम्पूर्ण दोषीमाथि शीघ्र कडा कारबाही गर्न माग गरेको छ । 

यसअघि पनि अनियमितताविरुद्ध पार्टीले संघर्ष गरेको भन्दै विज्ञप्तिमा ‘दोषीहरुलाई  बचाउने दुस्प्रयास कतैबाट भएमा पुनः संघर्षमा उत्रन बाध्य  हुने’ उल्लेख छ । 






  • प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार १९:२७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया