वाइडबडी प्रकरण : पूर्वमुख्यन्यायाधीश पराजुलीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग

काठमाडौं– वाइडबडी विमान खरिद प्रक्रियाको छानबिनका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

पूर्वमुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्दै सरकारले ४५ दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यदेश दिएको छ । आयोगका सदस्यमा पूर्व नायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मा छन् । 

यसअघि, देशैभर वाइडबडी खरिद प्रकरणमा भएको घोटालाका विषयमा चर्चा हुँदा सरकार भने मैन थियो । 

विमान खरिद प्रकरणको छानबिनका लागि बनेको संसदीय उपसमितिले बुधबार सार्वजनिक लेखा समितिमा प्रतिवेदन पेस गर्दै मन्त्रिसहित सातजनालाई दोषी देखाएको थियो । प्रतिवेदनमा उपसमितिले संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित पूर्वमन्त्री र सचिवलाई समेत कारबाहीको लागि अख्तियार अनुसन्धान दुरुपयोग आयोगसमक्ष सिफारिस गर्न भनेको थियो ।  

प्रतिवेदन सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा मन्त्री अधिकारीको राजीनामा र संन्याससम्मका विषयमा चर्चा चलेको थियो । 

आजै, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले त्यस्तै अवस्था आए सरकारले नयाँ समिति बनाएर अध्ययन गर्ने बताएका थिए । उनले भनेका थिए, ‘छानबिनको लागि न्यायिक समिति बनाउन उपयुक्त हुन्छ भने त्यसका लागि सरकार तयार छ ।’



बाँस्कोटाले लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनमा छलफल हुन बाँकी रहेकाले त्यसैको भरमा अहिले नै कसैलाई निलम्बन तथा कारबाही नगर्ने प्रस्ट पारेका थिए ।

छानबिन अझै गहिारइमा पुगेर उचित वा अनुचितभन्दा पनि सत्य निष्कर्ष आओस् भन्नेमा सरकार रहेको उनले बताएका थिए । 




  • प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार २०:२९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया