मजदुर महिलामाथि जबर्जस्तीकरणी गरेको आरोप लागेका क्याम्पस प्रमुखविरुद्ध मुद्दा दर्ता

बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीविरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता भएको छ । बुधबार कैलालीकी एक महिलाले इलाका प्रहरी कार्यालय पाटन बैतडीमा जबरजस्तीकरणी मुद्दा दर्ता गरेकी हुन् ।

आफूमाथि जबरजस्तीकरणी गरेको भन्दै ती महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध बुधबार मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

पीडित महिलाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको छ । ‘अब प्रक्रिया अघि बढेको छ । नेगीलाई पक्राउ गरेर अनुसन्धान सुरु हुन्छ,’ प्रहरी निरीक्षक जोशीले भने ।

कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ । यही २० असारमा पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो । पीडित महिलाको बुधबार नै स्वास्थ्य परीक्षण गरिएको छ ।

यो पनि– पुर्चौडी क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप, गुपचुप मिलाउने प्रहरीको प्रयास (पीडित र उनका श्रीमानको बयान) 

यो पनि– बलात्कार आरोप लागेका पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुखले दिए राजीनामा





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १०:५५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया