थप दुई न्यायाधीश बर्खास्त गर्न न्याय परिषद्को सिफारिस

न्याय परिषद्ले थप दुईजना न्यायाधीशलाई बर्खास्त गर्न सिफारि गरेको छ ।

सोमबार बसेको न्याय परिषद् सचिवालयको बैठकले उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको हो ।

दुवैजना न्यायाधीशहरूको खराब आचरण र कार्यक्षमता अभावका कारण पदमुक्त गर्नका लागि सर्वोच्च अदालतमा लेखी पठाउने निर्णय गरिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए । 

निधि उच्च अदालत राजविराज इजलासमा हुँदा र शर्मा सिरहा जिल्ला अदालतमा हुँदा गरेका फैसलाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा उक्त निर्णय गरिएको कार्कीले बताए ।
 





  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार १७:५०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया