आगामी निर्वाचनपछि ओलीको नेतृत्वमा सरकार बन्ने विष्णु पौडेलको दाबी
फाइल तस्वीर

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनपछि सरकार एमालेको नेतृत्वमा आउने दाबी गरेका छन् ।

बिहीबार ललितपुरमा आयोजित एमाले जिल्ला स्तरीय प्रशिक्षण भेलामा बोल्दै पौडेलले आगामी निर्वाचनपछि अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै देशभर एमालेले चुनाव जित्ने र ओलीको नेतृत्वमा सरकार बन्ने बताए । उनले एमालेभित्रको अन्तरविरोधलाई हटाएर संगठनलाई बलियो बनाउनुपर्ने बताए ।

उनले एमाले सबैभन्दा बलियो राष्ट्रिय शक्ति भएकाले सबै दल मिलेर गठबन्धन बनाएको तर्क गरे ।

आगामी निर्वाचनमा राज्यशक्तिको दुरुपयोग हुनसक्ने तर्फ पार्टी नेता कार्यकर्तालाई सचेत गराउँदै तीन महिनाको अवधिमा पार्टीको विचारलाई जनतामाझ लैजान उनले निर्देशन दिए ।

सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ ।





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १६:४९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया