चिकित्सा शिक्षा विधेयक
राष्ट्रियसभाबाट पनि पारित भयो चिकित्सा शिक्षा विधेयक

काठमाडाैं– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विराेध गर्दागर्दै पनि राष्ट्रिय सभाबाट पनि चिकित्सा शिक्षा विधेयक पारित भएकाे छ । अब राष्ट्रपतिले प्रमाणित गरेपछि विधेयक लागू हुनेछ । 

बिहिबार बसेकाे राष्ट्रिय सभा बैठकमा विधेयक पारित भएकाे हाे । यसअघि काङ्ग्रेसले विराेध गर्दा गर्दै पनि प्रतिनिधि सभामा पनि विधेयक पारित गरिएकाे थियाे । 

यही विधेयक यसअघि गरिएकाे सम्झाैताअनुरुप नभएकाे भन्दै प्राडा गाेविन्द केसी १६ अाैं अनसनमा छन् । उनले यसकाे विराेध गर्दै अनसन बसेकाे आज २२ दिन भएकाे छ ।

याे विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशाेधन प्रस्ताव दर्ता भएका थिए । दुवै संशाेधन प्रस्तावलाई अध्यक्ष गणेश तिमिल्सिनाले निर्णयार्थ पेश गरे जसलाई बहुमतले अस्वीकार गरिदियाे ।

बिहिबार राष्ट्रिय सभा बैठक सुरु भएलगत्तै कांग्रेस सांसद्ले उभिएर विराेध जनाएका थिए । बैठकभर उनीहरु उभिए ।






  • प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार १५:३२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया