चार वर्षीय बालक अपहरण आरोपमा चितवनबाट भारतीय महिला पक्राउ

चार वर्षीय बालक अपहरण गरेको आरोपमा चितवन प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रहसी गाउँ घर भएकी ३८ वर्षीया अनिता पाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका–१७ गञ्जनगर घर भएका चार वर्षीया बालकलाई पालले मंगलबार दिउँसो ललाईफकाई लैजान लागेकी थिइन् । 

पालको व्यवहार शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्दा बालकको अपहरण गरी लैजान लागेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी पालविरुद्ध चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा चार दिको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।





  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार २०:२३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया