आज दसैंको तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा गरिँदै
फाइल तस्बिर

नवरात्रको तेस्रो दिन आज दसैंघर वा पूजाकोठामा नव दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरी मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाको दिनबाट घरघरमा जमरा र घटस्थापना गरी सुरु भएको दसैं १५ दिनसम्म (कोजाग्रत पूर्णिमा) सम्म मनाइन्छ । नवरात्री भर घरमा दुर्गा देवीको पूजा, उपासना गरिन्छ । 

दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठपारायण गर्ने गरिन्छ । 

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

काठमाडौं उपत्यकाभित्र शोभा भगवती, तलेजुभवानी, भद्रकाली, गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिका स्थान, नक्साल भगवतीसहितका शक्तिपीठहरूमा दर्शनार्थीहरूको घुइँचो लागेको छ । उपत्यका बाहिरका शक्तिपीठहरुमा पनि दर्शनार्थीको भीड छ । घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्नुपर्ने धार्मिक मान्यता छ ।  





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १०:११:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया