पोखरा महानगरले मंगलबारबाट फेवाताल सफाइ महाअभियान सुरु गर्ने

पोखरा महानगरपालिकाले मंगलबार फेवाताल सफाइ महाअभियान सुरु गर्ने भएको छ । तालमा अहिले अत्यधिक मात्रामा जलकुम्भी झार भरिएको छ । ड्यामसाइडदेखि चंखपुरसम्म ठाउँबाट महानगरले जलकुम्भी र अन्य फोहोर निकाल्न लागेको हो ।

३३ वटै वडाको सहभागितामा ताल सफाइ अभियान गर्न लागेको मेयर धनराज आचार्यले जानकारी दिए । यसका लागि तयारी भइसकेको छ । बिहान ७ बजे सुरु हुने सरसफाइमा ३३ जना वडा अध्यक्षहरूले नेतृत्व गर्नेछन् । 

मेयर आचार्यले सफाइ अभियानमा सहभागी हुन नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लबलगायत सबै संस्था र व्यक्तिलाई आह्वान गरेका छन् । फेवाताल विश्व रामसार सूचीमा सूचीकृत छ ।

तर, यसको संरक्षण भने हुन सकेको छैन । तालको नयाँ सीमांकन भइसकेको छ । मापदण्ड विवादले अतिक्रमित संरचना हटाउन नसकेको मेयर आचार्यले बताए । तत्कालका लागि उनले ६५ मिटर नै मापदण्ड हुने बताएका छन् । यसअघि जनप्रतिनिधिको अन्तिक कार्यपालिका बैठकले तालको मापदण्ड ३० मिटरमा झारेको थियो ।

उक्त निर्णय विरुद्ध सर्वोच्चमा मुद्दासमेत परेको थियो । सर्वोच्चले तत्कालका लागि ६५ मिटर नै मापदण्ड हुने र सोही अनुसार कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको छ ।

मंगलबारपछि पनि छुट्टै संयन्त्र बनाएर निरन्तर ताल सफाई सञ्चालन गर्ने महानगरले जनाएको छ । फेवाको जलकुम्भी झार निकाल्न महानगरले छुट्टै मेसिन किनेको थियो । तर, मेसिनले प्रभावकारी काम गर्न सकेको छैन । 



राष्ट्रिय आविष्कार केन्द्रले यस्तै मेसिन बनाउन पहल थालेको छ । इन्जिनियरिङ अध्ययन संस्थानका इन्जिनियरहरुलाई मेसिन बनाउने जिम्मा दिइसकिएको आचार्यले बताए ।



  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार १८:४७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया