रवि लामिछानेसहित तीनै जनालाई पाँच वर्ष कैद, पचास हजार जरिवाना माग गर्ने तयारी

भरतपुर– चितवन जिल्ला अदालतमा टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित अस्मिता भनिने रुकु कार्की, युवराज कँडेलको बयान सुरु भएको छ । अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा यो बयान सुरु भएको हो । 

जिल्ला सरकारी वकिल कार्यालय चितवनले चाहिँ यी तीनविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको छ । तीनैजना विरुद्ध पाँच वर्ष कैद तथा ५० हजार जरिवाना माग गरिएको छ ।

उनीहरु पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका हुन् । यसअघि तीनैजनालाई जिल्ला अदालतले छानबिनका लागि दुई पटक पाँच दिनको म्याद थपेको थियो । 

जिल्ला प्रहरी कार्यालयले गरेको छानबिनपछि पर्याप्त कारण भेटिएको भन्दै उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी गरिएको हो । 

योसँगै अब यी तीनविरुद्ध थुनछेकको बयान लिइनेछ । बयानपश्चान उनीहरुलाई थुनामै राखेर मुद्दा अगाडि बढाउने वा धरौटी माग्ने वा साधारण तारेखमा छोड्ने भन्नेबारे बहस हुन्छ ।

शालिक पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोप प्रमाणित भएमा रवि लामिछानेसहित तीनै जनालाई पाँच वर्षको जेल सजाय र ५० हजार जरिवाना हुनेछ । 






  • प्रकाशित मिति : भदौ ८, २०७६ आइतबार १७:१८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया