ओलीको प्रश्न : आज बाबुको मुख हेर्ने दिन हो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अलंकार पदकहरूको दुरुपयोग गरेको बताएका छन् । सातौं संविधान दिवसको अवसरमा आज एमालेले आयोजना गरेको कार्यक्रममा उनले सरकारले अलंकार पदकहरूको नाकमा कालो पोतेको बताए ।  

‘आज बाबुको मुख हेर्ने दिन हो? श्रीमतीको मुख हेर्ने दिन हो? छोराछोरीको मुख हेर्ने दिन हो?,’ ओलीले प्रश्न गरे ।  

उनले अघिल्लो सरकारको आलोचना गर्ने पत्रकारलाई सरकारले ठूलाठूला पदक दिएको पनि आरोप लगाए । ‘झगडियाहरू सम्मानित, तथानाम बहस गर्नेहरू सम्मानित, जे पायो त्यही बोल्नेहरू सम्मानित, दुई/चार जना छुटेको जस्तो लाग्यो, किन छोडेको होला?,’ ओलीले भने । 






  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १५:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया