क्यानले एक साताभित्र नयाँ प्रशिक्षकको लागि दरखास्त आह्वान गर्ने

नेपाल क्रिकेट संघ (क्यान) ले रिक्त रहेको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको पदपूर्ति लागि एक साताभित्र आवेदन आह्वान गर्ने भएको छ ।

मंगलबार र बुधबार बसेको कार्य समितिको बैठकले १५ दिनको समयसीमा राखेर मुख्य प्रशिक्षकका लागि आवेदेन आह्वान गरेको हो । निवर्तमान प्रशिक्षक डेभ वाट्मोरले विश्वकप लिग–२ बेला अचानक पारिवारिक कारण देखाएर पदबाट राजीनामा दिएपछि प्रमुख प्रशिक्षकको कोटा खाली रहेको छ ।  

ओमानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजपछि उनले नेपाली टिम छाडेका थिए । ६७ वर्षीय वाट्मोर खुला प्रतिस्पर्धाबाट नै मुख्य प्रशिक्षक नियुक्त भएका थिए  । तर, उनले ८ महिना पुग्दै पदबाट राजीनामा दिएका हुन् । 






  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १३:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया