ला लिगामा इल्चेमाथि बार्सिलोनाको पुनरागमन जित

स्पेनिस ला लिगामा बार्सिलोनाले घरेलु टोली इल्चेलाई पराजित गरेको छ । गएराति म्यानुएल मार्टिनेज भलेरो स्टेडियममा १ गोललेपछि परेको अवस्थालाई उल्टाउँदै बार्सिलोनाले २–१ को पुनरागमन जित हात पारेको हो ।

खेलको ४४ औं मिनेटमा फिडेल चाभेसले गोल गर्दै इल्चेलाई सुरुआती अग्रता दिलाए । तर, ६० औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए ।

८४ औं मिनेटमा मेम्फिस डिपाएले पेनाल्टीमार्फत् गोल गरेपछि बार्सिलोनाले २–१ को रोमाञ्चक जित हात पार्‍यो । ८८ औं मिनेटमा जेभियर पास्टोरले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि इल्चे १० खेलाडीमा सीमित बन्यो ।

जितसँगै बार्सिलोना २६ खेलमा ४८ अंक जोडेर तेस्रो स्थानमा उक्लिँदा पराजित इल्चे समान खेलबाट २९ अंकका साथ १४ औं स्थानमा यथावत छ ।

लिगअन्तर्गतकै अन्य खेलमा एटलेटिको मड्रिड, काडिज र सेल्टा भिगोले पनि जित हात पारेका छन् । 






  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार ७:२४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया