इंग्लिस प्रिमियर लिगमा गए राति सम्पन्न खेलमा म्यानचेस्टर डर्बीमा लिग लिडर म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा म्यानचेस्टर युनाइटेडमाथि ४–१ को सहज जित हात पारेको हो । सिटीलाई जित दिलाउन केभिन डे ब्रुएन र रियाद महारेजले २–२ गोल गरे ।
युनाइटेडका जाडोन सान्चोले १ गोल फर्काए । खेलको पाँचौं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
२२ औं मिनेटमा सान्चोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । २८ औं मिनेटमा ब्रुएनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले २–१ को अग्रता लियो । ६८ औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई ३–१ ले अघि बढाए ।
९० औं मिनेटमा महारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ४–१ को जित निकाल्यो । यो जितसँगै २८ खेलमा ६९ अंकका साथ शीर्ष स्थानमा कायम रहँदा युनाइटेड समान खेलबाट ४७ अंकका साथ पाँचौं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।