काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
कांग्रेस नेतृत्वले हेक्का राखोस्– हराउने, जिताउने हाम्रो हातमा छ

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस कास्की सभापति  कृष्ण केसीलाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

विधानको व्यवस्था हुने हो भने हामीले एक वर्षअघि नै कांग्रेसको महाधिवेशन गरिसकेको हुनुपथ्र्यो । तर, हामीले सकेनौँ ।

विधानको व्यवस्था गर्न नसके पनि संविधानको व्यवस्थाअनुसार ६ महिना थप्ने छुट पनि हामीले अब गुजारिसकेका छौँ । त्यसैले पनि अब संविधानअनुसार होस् या विधानअनुसार नै किन नहोस्, अधिवेशन गर्नै पर्ने बाध्यतामा हामी रहेका छौँ ।

यस्तो किन पनि भने अधिवेशन नगराउने हो भने पार्टीको स्थापना कालदेखिको इतिहास समाप्त हुने निश्चित छ, अर्कोतिर यसअघि अधिवेशनका लागि विभिन्न विषय बाधक बनेका थिए ।



यस्तो बाधक भएका तीन विषयमा पहिलो त कांग्रेसको क्रियाशिल विवाद नै हो । कांग्रेसको क्रियाशिल सदस्यता विवाद आजको दिनसम्म पनि पूर्णरुपमा टुंगिएको छैन । हामीले सिफारिस गरेर पठाएका क्रियाशिल सदस्यहरुले सदस्यता पाउँछन् कि पाउँदैनन्, यो कुरा अहिलेसम्म केन्द्रबाट आएको छैन । हाम्रो पार्टीको क्रियाशिल सदस्य को हो भन्ने अहिलेसम्म टुंगिएको नै छैन ।

फेरि यही समयमा विश्व महामारी कोरोनाभाइरस संक्रमणका कारण पनि हामी समस्यामा परेका छौँ, यसको भयावह अवस्था अहिले पनि छ । अब फेरि तेस्रो वेभ वा लहर आउँछ भन्ने पनि सुनिएको छ ।



कोरोनाका कारण जुन अवस्था आएको छ, यसले गर्दा हजारौँ वा सयौँ क्रियाशिल सदस्यलाई एक ठाउँमा राख्न सक्ने अवस्था छैन, प्रतिनिधिलाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि छ । 

महाधिवेशनका लागि बाधक बनेको तेस्रो कुरा मलाई यो वर्षाको समय हो भन्ने पनि लाग्छ । कृषिप्रधान देशमा किसानहरुको समस्यालाई पनि मध्यनजर गर्दै अधिवेशन गर्ने समयबारे हामी सबैले चासो दिनैपर्छ, यसबारे गम्भीर हुनै पर्छ ।

त्यसैले पनि कि पार्टीको वैधानिकता सकिए सकियोस् भन्ने हामीले सोच्नु पर्यो, अन्यथा सबै परिस्थितिका बाबजुद पनि महाधिवेशन त गर्नैपर्छ ।

अहिले फेरि सारेर १८ भदौमा वडा तहको अधिवेशन, २७ भदौमा स्थानीय तहको अधिवेशन गर्ने भनिएको छ । हो, अहिले तोकिएको समय हिजोको भन्दा उपयुक्त छ । तर, जसरी हुन्छ, महाधिवेशन गर्नैपर्छ, महाधिवेशन हुनैपर्छ ।

शीर्ष नेताहरुसँग हामी जिल्लाका नेताहरुले बारम्बार भन्दै आएका छौँ— हाम्रो पार्टीको तल्लो तहको कमिटी बनाउँदा देखि नै माथिल्लो तहको कमिटी बनाउँदासम्म लोकतान्त्रिक प्रक्रिया अपनाएको हाम्रो इतिहास छ । अहिलेको परिस्थितिमा हामीले सबै क्रियाशिल सदस्यले तल्लो तहको अधिवेशनमा उपस्थित हुने कुरा संभव छैन् । स्थानिय तहका कार्यसमिति समेत क्षेत्रीय समितिबाट गर्ने सहज परिस्थिति बनाएकोले महाधिवेशन गर्नसक्ने परिस्थिति देखिएको छ । देशमा निषेधाज्ञा नै लगाउन पर्ने अवस्था फेरि कोरोनाभाइरसले निम्त्यायो भने अर्कै कुरा, नत्र अब हाम्रो पार्टीको महाधिवेशन रोक्नु हुँदैन ।

 

युवा नेतृत्वको बहस

यो अधिवेशनको बारेमा मैले भन्दै पनि आएको छु । अधिवेशन नगर्दा हाम्रो पार्टी सकिन्छ । जुन तिथि मितिमा हामीले अधिवेशन गर्दैछौं । यो राजनीतिक सैद्धान्तिक बहस नभई प्राविधिक बहस हो । हाम्रो पार्टीले अंगिकार गरेका दर्शन, सिद्धान्त र नीति कार्यक्रम सकिँदैन । अधिवेशन गर्दा पार्टीको मर्मा सकिँदैछ । अधिवेशन नगर्दा पार्टी सकिँदैछ । अधिवेशन गर्दा पार्टीको सामाजिक, आर्थिक, राजनीतिक प्रतिवेदनहरु पास गरेर गयौं, त्यो पछि सैद्धान्तिक लाइनको आधारमा हाम्रो संगठनको गतिविधि के भए ? जनताकाबीचमा पार्टीले कति सकारात्मक काम गर्यौं भन्ने हुन्छ । अघिल्लो अधिवेशनको यी सबै कुराहरुलाई समीक्षा गर्दै आउँदो अधिवेशनको नीति तथा कार्यक्रमको बारेमा छलफल हुनुपर्छ पहिलो कुरा । 

अहिले हामीले अधिवेशन गर्दैगर्दा विगतको समीक्षा गर्न पनि सम्भव छैन, नयाँ नीतिको बारेमा भोलिको बारेमा छलफल गर्ने अवस्था पनि छैन् । पार्टीले १४ औं महाधिवेशनले लिने सैद्धान्तिक र नीतिगत महाधिवेशन हुने भयो । यसले तल्लो तहबाट केन्द्रीय नेतृत्वको मात्र छनौट गर्नेभयो ।

नेपाली कांग्रेसभित्र देखिने विवाद र बहस भनेको ०७ सालबाट लिएर ०६१÷०६२ सम्म आउँदा सबै पदाधिकारी नेताहरु बनेका छन् । कांग्रेसभित्रको अहिलेको गुट उपगुट जुन देखिएको छ यो सबै नेताहरुबीचको टसल हो । नपाउने र पाउनेबीचको प्रतिस्पर्धाबाट नपाउनेले नपाएरै जाने र पाउनेले दोहोर्याएर पाउने भएको हुनाले एउटा पदमा भएका सबैले अरु साथीहरुलाई अवसर दिँदा हुन्छ । नेपाली कांग्रेसले अहिले पार्टीको सभापति वा पदाधिकारी मात्र खोजेको छैन्, सिंगो कांग्रेसलाई समेटेर एकैठाउँमा ल्याएर हिँड्नसक्ने नेतृत्व खोजेको छ । पार्टीभित्रको द्धन्द्ध व्यवस्थापन गर्नसक्ने नेतृत्व चाहियो ।

जसरी गणेशमानजी पार्टीभन्दा बाहिर रहेर देशमा छरिएर रहेका कम्युनिस्टहरूलाई पनि एक ठाउँमा उभ्याएर अघि लानुभएको थियो, त्यसरी नै अहिले अउने नेतृत्वले पनि सोच्नसक्ने हुनुपर्छ । अभिभावक बन्ने खालको नेतृत्व आउन सक्यो भने कांग्रेसभित्र र बाहिरका दलहरुको समस्या समाधान हुनेगरी आउन सक्नुपर्छ । अहिले तँ उठ्ने कि म उठ्नेभन्दा पनि परिस्थिति अनुसार चल्न सक्ने नेतृत्वको विकास हुनुपर्छ । अभिभावकको रुपमा अबको नेतृत्वले उहाँहरुले उभ्याउन सक्नुभयो भने अर्को एक दुई जना गणेशमान कांग्रेस बाटै जन्मनसक्छ । एउटाले अर्कोको कमजोरी देखाएर आउने नेतृत्वले काम गर्न सक्दैन् । पुराना नेताहरुको सम्मान गर्दै अहिलेको नेतृत्वमा भएका नेताहरु र बाहिरका अन्य नेताहरूबाट अभिभावक बन्नेखालको नेतृत्वको विकल्पमा जानुपर्छ भन्ने मेरो धारणा हो । 

 

परिवारवादको समस्या 

देशको प्रजातान्त्रिक आन्दोलनमा सारा कुरा सुम्पिएर होमिएका मान्छेहरु कांग्रेसमा छन् । कसैको छोरा वा नाति भएर हामीले नेतृत्वमा ल्याउँदै छैनौं । हिजो प्रजातान्त्रिक आन्दोलनमा लामो त्याग र तपस्या भएका नेताहरु हुनसक्छ, गणेशमानको परिवारबाट, कोइराला परिवारबाट, देउवा परिवारबाट वा पौडेल परिवारबाट आएको । तर, उहाँहरुको त्याग र तपस्या हुँदाहुँदै कोही नेतृत्वमा आउँछ भने त्यसलाई हामीले परिवारवादसँग जोडेर हेर्नुहुँदैन् । 

त्यो परिवारको हिजोका सदस्यले राजनीतिक परिवर्तनका लागि पुर्याएको योगदान र उहाँहरुले पनि पार्टीमा पुर्याएको योगदानलाई परिवारसँग जोडेर हेरिनुहुँदैन्। कांग्रेसभित्र ठूलो ठूलो परिवर्तनमा योगदान पुर्याएका नेताहरु हुनुहुन्छ । अहिले राष्ट्रिय राजनीतिमा देखिएका परिवारका सदस्यहरुको बारेमा यस्तो कुरा हुन हुँदैन् । परिवारवादबाट आएर नेतृत्व एकैपटक लिएको छ भन्ने कुरा मान्य हुँदैन यतिबेला नेपाली कांग्रेसमा । कांग्रेसलाई समय अनुकुल नेतृत्व लिएर चलाउँछ भने उहाँहरुको ल्याएको भावनाबाट अघि बढ्दा कांग्रेस पार्टी राम्रो हुन्छ । 

कांग्रेसलाई समय अनुकुल, समय सापेक्ष र जनताको चाहना अनुरुप भावना अनुसार नेतृत्व लिएर चलाउन सक्छ भने महाधिवेशनमा आउँछ भने उहाँहरुको धारणलाई हामी सहयोग गर्छौं । अन्यथा हामीसँग उहाँहरुलाई हराउन सक्ने र जिताउन सक्ने दुवै सामर्थ्य छ । हामी कार्यकर्ताहरु काम गर्नसक्ने र नसक्ने दुवैलाई हेरेर जिताउने र हराउने सामर्थ्यका साथ बसेका छौं । यो कुरा नेतृत्वले हेक्का राखोस् ।

(केसी नेपाली कांग्रेस कास्कीका सभापति हुन् ।)

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

कांग्रेसको मान्यता र सिद्धान्त करेक्सन गर्न आवश्यक छ—  तनहुँ सभापति

युवा र ऊर्जाशील व्यक्तिलाई नेतृत्वमा अघि सार्नुपर्छ–लमजुङ सभापति

राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन– बारा सभापति

पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति

म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति

क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति

तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति

परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा​ सभापति

‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति

विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति

‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति

‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति

पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर 

  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार २०:४४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया