(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ ।
अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् ।
फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस सल्यानका सभापति गणेश चन्दलाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा हामी छौं । अब हामी ७७ जिल्लामै वडा अधिवेशन सुरु गर्ने प्रक्रियामा छौं । वर्षात्, कोभिड र केन्द्रले गरेको ढिलासुस्तीका कारण तोकिएको समयमै सबै ठाउँमा गर्न नसकिने भयो । भोलि निर्वाचन छ, तर आजमात्र भर्खरै मतदान अधिकृतहरु आउँदै हुनुहुन्छ । देशका कतिपय ठाउँमा त अझै पुग्न बाँकी पनि छ । जिल्लाका सबै ठाउँमा हामी २१ गते वडा अधिवेशन गर्ने सोचमा छौं । सबै बैठक बसेपछि कस्तो किसिमको कुरा हुन्छ त्यसअनुसार चल्नुपर्छ । नेपाली कांग्रेसको सिद्धान्त, राष्ट्रियता, समाजवादलाई सही तरिकाले अघि बढाउन सक्ने, राष्ट्रियता र समाजवादमा जनतामाझ प्रष्ट विचार फैलाउन सक्ने नेतृत्व आवश्यक छ । प्रत्येक कार्यकर्ताको भावनाको सम्मान गर्न सक्ने नेतृत्वको खाँचो नेपाली कांग्रेसमा खड्किएको महसुस मैले गरेको छु ।
युवा नेतृत्वको बहस
युवा भन्ने कुरा प्राकृतिक प्रक्रिया जस्तै हो । पुराना मान्छेहरु विस्थापित हुने र नयाँ मान्छेहरु स्थापित हुने कुराहरु त प्रकृतिको नियम नै हो । औसत वा संख्यामा केही बढी–घटी होला, छुट्टै कुरा हो तर यो महाधिवेशनमा युवा स्थापित हुनैपर्छ । यो निर्वाचन प्रक्रिया हो, जसमा सबै समेटिने विश्वास छ । युवाहरुले यो अधिवेशनमा भूमिका खेल्नुपर्छ । हाम्रो पार्टीमा युवाहरु प्रायः विद्वान् नै हुनुहुन्छ । उहाँहरुले निर्वाचन प्रणाली र एक्सन ओरियन्ट कार्यक्रमहरुमा ध्यान दिनुपर्छ । उहाँहरुले दिने अभिव्यक्ति र सञ्चालन गर्ने कार्यक्रमहरुले कस्तो असर मुलुकलाई गर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ।
परिवारवादको विवाद
पार्टीमा जसले निरन्तर प्रतिवद्ध भएर काम गर्छ त्यो परिवारभित्रकै भए पनि मौका पाउनुपर्छ । तर, केही नगरेका मान्छेहरुलाई च्याप्प समातेर आफन्त भन्दैमा नेतृत्वमा ल्याउनु हुन्न । किनभने, बिपी कोइराला पार्टीका लागि जेल जाँदा सबैभन्दा बढी दुःख उहाँको श्रीमतीले नै पाउनुभएको थियो । उहाँलाई राजनीतिमा ल्याउँदा त्यसलाई परिवारवाद भन्न मिल्दैन । जसले राजनीतिमा त्याग गरेको छ, उसको परिवार नेतृत्वमा आउँदा यो विवाद निकाल्नु हुँदैन । परिवारको मान्छे छेउछाउ नै आउनुहुँदैन भन्ने पक्षमा म छैन । योग्यता र क्षमताका आधारमा, तमाम कार्यकर्ताको अगाडि उभिएपछि कसलाई मन पराइयो भन्ने कुराको पनि मूल्याकंन हुनुपर्छ ।
कसरी गर्ने महाधिवेशन ?
पुरानो कम्युनिस्ट सरकारसँग म जसी आशावादी थिइनँ अहिले हाम्रो सरकार आउँदा पनि म धेरै आशावादी छैन । म जिल्ला सभापति छु, मैले भनेको कुरा मेरो सरकारले सुन्दैन । केन्द्रमा पनि नेता–कार्यकर्ताको आवाजको सम्बोधन हुन सकेको छैन । नेपाली कांग्रेसविना मुलुक चल्न सक्दैन । मुलुक चलाउन सक्ने आँट अरु दलका नेताहरुले बनाएका छैनन् भन्ने प्रमाणित भइसकेको छ । किनभने, दुईतिहाइ बहुमतको दम्भ पाल्ने नेताहरु अहिले चरम आन्तरिक किचलोमा छन् । पार्टी र सरकार सम्हाल्न तिनले सकेनन् । हामीले सुनेकै हौं, उनीहरुले नै कांग्रेस यो देशबाट खोज्नुपर्ने अवस्था बनाइदिन्छौं भनेको । अहिले उनकै दलका नेताहरु फुटेर कांग्रेसलाई प्रधानमन्त्री सुम्पिएका छन् !
सरकार पूर्णतया नेपाली जनताको इच्छा र आकांक्षा अनुसार चलोस् भन्ने मेरो सुझाव छ । हाम्रो पार्टीमा क्रियाशील सदस्यको विवाद छ । यो संकट आफैं आएको होइन । वडादेखिकै महाधिवेशनमा क्रियाशीलता प्रमुख अंग बन्ने छ भनेर विधानमा राख्ने, अनि माथिचाहिँ मनपरी गर्ने ? कसरी हुन्छ यस्तो ? कसैका नाम फाल्ने र कसैका हाल्ने गरेपछि यो विवाद भएको हो । यो सबै बिग्रेको कुराको जिम्मा केन्द्रीय नेताहरुले लिनुपर्छ । केन्द्रका नेतृत्वले गरेको यस्तो हर्कतले सबैभन्दा कम र समयमा काम हुन नसकेको हो ।
यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–
‘राजनीतिलाई पेशा बनाउनु हुँदैन, समाजसेवा बनाऔं’– मकवानपुर सभापति
‘महाधिवेशन रोक्ने कुरा कल्पनाभन्दा बाहिरको’– राेल्पा सभापति
बिग्रिएका काम-कुराको दोष सभापतिलाई मात्र दिनुहुँदैन– गुल्मी सभापति
कांग्रेस बन्छु भन्नेलाई क्रियाशीलता विवादले रोक्नुहुन्न– पर्वत सभापति
७७ जिल्लालाई निर्वाचन केन्द्र मानेर नेतृत्व छानौँ, कार्यकर्तालाई पनि अपनत्व दिऊँ– कालिकोट सभापति
डोल्पा पुग्नै चार दिन लाग्छ, कसरी गर्ने महाधिवेशन ?– डोल्पा सभापति
युवाको बल र बुढाको बुद्धिबाट नयाँ नेतृत्व छान्नुपर्छ–जुम्ला सभापति
क्रियाशील विवाद समाधान भयो भनिएको छ, तर अन्योल कायम छ–बाँके सभापति
कांग्रेस समावेशी पार्टी हो, यसको नेतृत्व समावेशी हुनुपर्छ–अर्घाखाँची सभापति
अहिले नेपाली कांग्रेसको नेतृत्व गम्भीर हुनुपर्छ–म्याग्दी सभापति
अधिवेशनबाट व्यक्ति मात्र होइन, विचार पनि परिवर्तन हुन जरुरी छ–पाल्पा सभापति
कांग्रेस नेतृत्वले हेक्का राखोस्, हराउने–जिताउने हाम्रो हातमा छ–कास्की सभापति
कांग्रेसको मान्यता र सिद्धान्त करेक्सन गर्न आवश्यक छ– तनहुँ सभापति
युवा र ऊर्जाशील व्यक्तिलाई नेतृत्वमा अघि सार्नुपर्छ–लमजुङ सभापति
राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन– बारा सभापति
पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति
म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति
क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति
तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति
परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा सभापति
‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति
विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति
‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति
‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति
पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति
‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति
‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति
‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति
‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति
‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति
पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति
युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति
चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति
‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाैं सभापति
‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापति
‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापति
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।