(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ ।
अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् ।
फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस राैतहटका सभापति कृष्णप्रसाद यादवलाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्योल नै अन्योलका बीच सुरु भएको छ । यो महाधिवेशन हाम्रा लागि महापर्वको रुपमा रहेको छ । यसको नेतृत्व कसको हातमा पर्ला ? कार्यसमितिमा तलदेखि माथिसम्म कस्तो नेतृत्व रहने भन्ने चर्चा यतिबेला आमसमुदायले गर्न थालेका छन् । देशलाई नेतृत्व दिन सक्ने, क्षमताका साथ अघि बढाउन सक्ने नेतृत्वबारे छलफल हुनु आवश्यक छ । संस्था र पार्टीलाई सुदृढ बनाउने, देशलाई समृद्ध बनाउने क्षमताका नेता अब पार्टीले पाउँछ भन्ने हाम्रो विश्वास छ ।
युवा नेतृत्वको बहस
युवालाई कांग्रेसमात्र होइन प्रत्येक पार्टीले समावेशी ढंगमा सहभागी गराउनु पर्छ । हाम्रो पार्टीमा झनै बढी यसको बहस चल्ने गरेको छ । नेपाली कांग्रेसमा युवाहरुको अत्यावश्यक भूमिका छ । युवाहरुले विगतमा पनि पार्टीमा योगदान दिएका छन् । अब नेपाली कांग्रेसका युवाहरु नयाँ सोचका साथ अघि बढ्नुपर्छ । यी र यस्ता सबै कुरालाई दृष्टिगत गर्दै युवाले कांग्रेस पार्टी हाँक्न सक्ने नेतृत्वको विकास गर्नुपर्छ ।
परिवारवाद हाबी
कांग्रेसमा बेलाबखत परिवारवाद हाबी भएको कुरा पनि उठ्छ, तर अहिले यो समस्या मैले देख्दिँन । पार्टीमा गरेको त्याग र क्षमताका आधारमा सबैले स्थान पाउनु पर्छ । हाम्रो पार्टीमा अधिकांश नेता आफ्नो क्षमताकै कारण अघि बढेको देख्छु । कहिलेकाहीँ एउटा ठूलो पार्टीमा यस्ता कुरा बहसमा आउनु अन्यथा होइन । अलिअलि परिवारवाद थियो पहिला कांग्रेसमा, अब त्यो छैन । यो समस्या बारम्बार दोहोरिनु पनि हुँदैन । यो महाधिवेशनमा परिवारवाद हाबी हुनै सक्दैन, सबैको आफ्नो क्षमता र व्यक्तित्व हेरेर यो महाधिवेशनले नेतृत्व छान्न सक्नुपर्छ ।
कसरी गर्ने महाधिवेशन ?
हिजो प्रतिपक्षमा रहेको नेपाली कांग्रेस विभिन्न बाध्यताका बीच अहिले सत्तामा पुगेको छ । अहिले कांग्रेसको काँधमा डबल जिम्मेवारी रहेको छ । देशलाई कसरी अघि बढाउने र पार्टी कसरी सुदृढ गर्ने भन्नेबारे कांग्रेसले राम्ररी सोचेर अघि बढ्नुपर्ने बेला हो यो । अहिले कोरोनादेखि बाढी–पहिरो जस्ता विपत्तिबाट हामी गुज्रिरहेका छौं । गठबन्धनको पूर्ण विश्वासका साथ नेपाली कांग्रेसले जिम्मेवारी दिएको छ । एउटा जिम्मेवार पार्टीको हिसाबले देशमा विद्यमान समस्या हलसहित, विकास निर्माणका काम गर्दै जोशका साथ अघि बढ्नुपर्छ । देशलाई नै कांग्रेसले डोर्याउने आशा–अपेक्षा जनताले गरेका छन् । कांग्रेसले त्यो काम सबै गरेर जनतालाई विश्वासमा लिने अवसर पाएको छ । अब त्यसमा खरो उत्रनु पर्छ ।
हामीबीच भएका सबै चुनौतीलाई चिरेर अघि बढ्नुपर्छ । यतिबेला मूल नेतृत्व सबैभन्दा बढी गम्भीर बन्नुपर्छ । देशकाल, परिस्थिति अहिले त्यति अनुकूल पनि छैन । कोभिडका कारण हामीमात्र नभई विश्व नै पछाडि परेको छ । नेपाली जनतालाई तीन महिनाभित्र पर्याप्त खोप उपलब्ध गराउनेतर्फ कदम चाल्नुपर्छ । स्थानीय चुनावदेखि नै जनतालाई विश्वस्त हुन सक्ने वातावरण बनाउनुपर्छ ।
यो महाधिवेशनपछि प्रत्येक वडादेखि नै नेपाली कांग्रेस के हो ? कांग्रेसमा हामी किन लाग्यौं ? कांग्रेसको भूमिका के हो ? नेपाली कांग्रेसले देशलाई के गर्छ ? देशलाई र जनतालाई कसरी समृद्ध बनाउने ? जनतालाई कसरी जिम्मेवार बनाउने भन्नेबारे सोच्नुपर्छ । वडादेखि नै कांग्रेसका साथीहरुलाई प्रशिक्षणको रुपमा तालिमको आवश्यक छ । नेतृत्वले यसबारे गम्भीर भएर सोच्ने छ भन्ने हामीले विश्वास गरेका छौं ।
यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–
‘विधानमा क्रियाशील सदस्यता प्रमुख अंग भनेपछि मनपरी गर्न मिल्दैन’– सल्यान सभापति
‘राजनीतिलाई पेशा बनाउनु हुँदैन, समाजसेवा बनाऔं’– मकवानपुर सभापति
‘महाधिवेशन रोक्ने कुरा कल्पनाभन्दा बाहिरको’– राेल्पा सभापति
बिग्रिएका काम-कुराको दोष सभापतिलाई मात्र दिनुहुँदैन– गुल्मी सभापति
कांग्रेस बन्छु भन्नेलाई क्रियाशीलता विवादले रोक्नुहुन्न– पर्वत सभापति
७७ जिल्लालाई निर्वाचन केन्द्र मानेर नेतृत्व छानौँ, कार्यकर्तालाई पनि अपनत्व दिऊँ– कालिकोट सभापति
डोल्पा पुग्नै चार दिन लाग्छ, कसरी गर्ने महाधिवेशन ?– डोल्पा सभापति
युवाको बल र बुढाको बुद्धिबाट नयाँ नेतृत्व छान्नुपर्छ–जुम्ला सभापति
क्रियाशील विवाद समाधान भयो भनिएको छ, तर अन्योल कायम छ–बाँके सभापति
कांग्रेस समावेशी पार्टी हो, यसको नेतृत्व समावेशी हुनुपर्छ–अर्घाखाँची सभापति
अहिले नेपाली कांग्रेसको नेतृत्व गम्भीर हुनुपर्छ–म्याग्दी सभापति
अधिवेशनबाट व्यक्ति मात्र होइन, विचार पनि परिवर्तन हुन जरुरी छ–पाल्पा सभापति
कांग्रेस नेतृत्वले हेक्का राखोस्, हराउने–जिताउने हाम्रो हातमा छ–कास्की सभापति
कांग्रेसको मान्यता र सिद्धान्त करेक्सन गर्न आवश्यक छ– तनहुँ सभापति
युवा र ऊर्जाशील व्यक्तिलाई नेतृत्वमा अघि सार्नुपर्छ–लमजुङ सभापति
राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन– बारा सभापति
पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति
म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति
क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति
तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति
परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा सभापति
‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति
विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति
‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति
‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति
पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति
‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति
‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति
‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति
‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति
‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति
पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति
युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति
चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति
‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाैं सभापति
‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापति
‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापति
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।