(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ ।
अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् ।
फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस मुगुका सभापति खड्गबहादुर शाहीलाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )
नेपाली कांग्रेसको वैधानिकता बचाउनका लागि पार्टीले वडा अधिवेशन सुरुवात गरिसकेको छ । तर, संवैधानिक व्यवस्थाअनुसार वडा अधिवेशन सम्पन्न गर्दैमा वैधानिकता टिक्छजस्तो मलाई लाग्दैन । समयमा १४औँ महाधिवेशन सम्पन्न नहुँदा वैधानिकता लगभग सकिएको महसुस भइरहेको छ ।
निर्वाचन आयोगले केन्द्रीय कार्यसमितिको महाधिवेशन सम्पन्न गरेर लिस्ट पठाऊ भन्न खोजेको हो । तर, वडाको अधिवेशनले मात्र वैधानिकता टिक्छ जस्तो लाग्दैन । ढिलै भए पनि कांग्रेसले आफ्नो अधिवेशन सुरुवात गरेको छ । ७७ जिल्लामै सम्पन्न हुन नसकेको भए पनि क्रियाशीलता टुंगो लगाएका ठाउँमा अधिवेशन सर्वसम्मतरुपमै भएको हामीले पाइरहेका छौँ । मेरा जिल्लामा पनि सबै वडामा सम्पन्न भइरहेको छ ।
हिजो कम्युनिस्ट सरकारका आकाश पाताल छुने नाराहरुले जनतामा भ्रम छरेका छन् । नेपाली कांग्रेस इतिहास बोकेको पार्टी भएकाले, राष्ट्रिय र राष्ट्रियताको नारामा सधैं सकारात्मक भएको ऐतिहासिक पार्टी भएका हिसाबले पनि आगामी नेतृत्वबारे गम्भीर भएर सोच्नुपर्ने बेला छ । निष्ठाको राजनीतिक विचार भएको जनता र पार्टीभित्र इमानदार व्यक्ति नेतृत्वमा हुनुपर्छ भन्ने माग आमकार्यकर्ता र जनताले राखिरहेका छन् ।
युवा नेतृत्वको बहस
पछिल्लो समयमा युवाहरुको चासो र आकांक्षा देखिएको छ । सँगसँगै युवाहरुको भूमिका पनि यसमा बढी देखिएको छ । वास्तवमा कांग्रेसका युवाहरु अनुशासित छन् । नेपाली कांग्रेस सधैं अनुशासनमा बस्ने पार्टी भएका कारणले पनि यस्तो हो । हुन त स्वतन्त्र लोकतन्त्र र प्रजातन्त्रका लागि लडिरहेको पार्टी हो, नेपाली कांग्रेस ।
युवाहरुको इच्छा र आकांक्षा हुँदै गर्दा पनि नेतृत्वले युवाहरुलाई दबाएको जस्तो महसुस हामीले गरिरहेका छौं । पार्टीको आचारसंहिता र नियमभित्र बसेर युवाहरुको भूमिकाको बारेमा बहस चलाउनुपर्छ । पार्टीका निम्ति पनि राष्ट्र र राष्ट्रियताका निम्ति युवाहरुको अपरिहार्य छ । सबै जिल्लाहरुको वडा प्रतिनिधिमा प्रायः युवा आइरहनुभएको छ त्यसकारण पनि यसको बहस पार्टीमा उठ्छ र उठ्नैपर्छ ।
कसरी गर्ने महाधिवेशन ?
चुनौती नै चुनौतीको बीचमा कांग्रेसको महाधिवेशन सुरुवात भइरहेको छ । अहिलेसम्म धेरै दलहरु सत्तामा पुगे । तर नेपाली जनताका लागि काम गर्न नसकेको परिस्थिति छ । नेपाली कांग्रेसमा एउटा ऐतिहासिक जिम्मेवारी आएको छ । हिजोको दिनमा तानाशाही व्यवस्था बोक्नेहरुले सत्ता सञ्चालन गरे । जनताका लागि राम्रो काम कसैले गर्न सकेनन् । एक–आपसमा कुर्सी हानाहान मात्र भएका उदाहरण धेरै छन् ।
नेपाली कांग्रेसले ऐतिहासिक जिम्मेवारी लिएका कारण भरपर्दो शासनसत्ता चलाउनका लागि हाम्रा अगाडि चुनौती आइरहेका छन् । अब आदरणीय सभापति पार्टीको सभापति मात्र नभई प्रधानमन्त्री पनि हुनुहुन्छ । उहाँ पार्टीको सभापति मात्र नभई देशको अभिभावकको रुपमा जनताका जीवनस्तरसँग प्रत्यक्ष नजिक भएर चासो राख्नुपर्ने बेला छ ।
यो कार्यकालमा उहाँले अग्रगामी काम गर्न सक्नुभएन भने आगामी दिनमा हाम्रा यात्राहरु पनि कठिन छ । त्यसकारण पनि कांग्रेसले अग्रगामी सोच राख्नुपर्छ । जनताले अब कुनै दल वा नेताले काम गर्न सकदैनन् भन्ने परेको छ । नेपाली कांग्रेसबाहेक अरुले अब काम गर्न सक्दैनन् भन्ने पनि छ ।
अहिले जति पनि कोरोनादेखि बाढी पहिरोसम्मका अवस्था सिर्जना भएका छन् । त्यसको फेस पनि कांग्रेसले गर्न सक्नैपर्छ । मलाई के लाग्छ भने पार्टीमा देखिएको समस्या एकातिर छ । र सरकारमा देखिएको समस्या अर्कोतिर छ । पार्टी र संगठनका काम गर्नका लागि एउटा नेतृत्व स्थापित हुनुपर्छ र सरकार सञ्चालनका काम गर्नका लागि अर्को नेतृत्व हुनुपर्छ ।
सम्पूर्ण जिम्मेवारी एउटै व्यक्तिले लिँदै गर्दा पार्टी र संगठन पनि चल्न सक्दैनन्, उता सरकारका कामहरु पनि उल्लेख्य हुन सक्दैनन् । मेरो भनाइ भनेको एउटाले पार्टी र अर्कोले सत्ता सञ्चालन गर्ने गरी सहमति गरेर अघि बढ्दा सहज हुन्छ भन्ने हो ।
अबको नेपाली कांग्रेस कस्तो बन्नेछ ? भन्नेबारे पनि सबैको चासो छ । कांग्रेसलाई नेपाली जनताको भरोसा हो भन्ने गरी विकसित नेतृत्वले काम गर्न सक्नुपर्छ । अहिलेको जमानामा पुरानै ढर्रा र शैलीबाट पार्टी चल्न सक्दैन ।
यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–
पार्टीलाई सुढृढ र देशलाई समृद्ध बनाउने क्षमता अबको नेतृत्वमा देखिनुपर्छ–रौतहट सभापति
‘विधानमा क्रियाशील सदस्यता प्रमुख अंग भनेपछि मनपरी गर्न मिल्दैन’– सल्यान सभापति
‘राजनीतिलाई पेशा बनाउनु हुँदैन, समाजसेवा बनाऔं’– मकवानपुर सभापति
‘महाधिवेशन रोक्ने कुरा कल्पनाभन्दा बाहिरको’– राेल्पा सभापति
बिग्रिएका काम-कुराको दोष सभापतिलाई मात्र दिनुहुँदैन– गुल्मी सभापति
कांग्रेस बन्छु भन्नेलाई क्रियाशीलता विवादले रोक्नुहुन्न– पर्वत सभापति
७७ जिल्लालाई निर्वाचन केन्द्र मानेर नेतृत्व छानौँ, कार्यकर्तालाई पनि अपनत्व दिऊँ– कालिकोट सभापति
डोल्पा पुग्नै चार दिन लाग्छ, कसरी गर्ने महाधिवेशन ?– डोल्पा सभापति
युवाको बल र बुढाको बुद्धिबाट नयाँ नेतृत्व छान्नुपर्छ–जुम्ला सभापति
क्रियाशील विवाद समाधान भयो भनिएको छ, तर अन्योल कायम छ–बाँके सभापति
कांग्रेस समावेशी पार्टी हो, यसको नेतृत्व समावेशी हुनुपर्छ–अर्घाखाँची सभापति
अहिले नेपाली कांग्रेसको नेतृत्व गम्भीर हुनुपर्छ–म्याग्दी सभापति
अधिवेशनबाट व्यक्ति मात्र होइन, विचार पनि परिवर्तन हुन जरुरी छ–पाल्पा सभापति
कांग्रेस नेतृत्वले हेक्का राखोस्, हराउने–जिताउने हाम्रो हातमा छ–कास्की सभापति
कांग्रेसको मान्यता र सिद्धान्त करेक्सन गर्न आवश्यक छ– तनहुँ सभापति
युवा र ऊर्जाशील व्यक्तिलाई नेतृत्वमा अघि सार्नुपर्छ–लमजुङ सभापति
राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन– बारा सभापति
पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति
म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति
क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति
तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति
परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा सभापति
‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति
विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति
‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति
‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति
पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति
‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति
‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति
‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति
‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति
‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति
पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति
युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति
चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति
‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाैं सभापति
‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापति
‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापति
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।